पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम ।  जिल्लामा तेश्रो लहरको कोरोना संक्रमण बढे पछी नेपाल प्रहरीले संचेतनामूलक कार्यक्रममा सक्रियता देखाएको छ । मंगलबारका दिन जिल्लामा १९२ जना विरामीहरुको एन्टिजेन गर्दा ४० जनामा कोरानो पुष्टि भएको थियो । यस सगै संक्रमितको कुल संख्या १२३ पुगेको जिल्ला स्वास्थ्य कार्यालयको मंगलबार जारी भएको कोभिड प्रतिवेदनमा उल्लेख छ ।

कोरोना रोकथामका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरले स्वास्थ्य सचेतना एवं रोकथाम अभियानलाई तीव्रता दिएको छ । सदरमुकाम फिदिम बजार र जिल्लाका विभिन्न गाँउपालिका बाट आवजजावत गर्ने सवारी साधनका चालक र यात्रुहरुलाई प्रहरीले माक्स बाढेको हो । प्रहरीले ‘तपाइँको माक्स खोइ ?’ लेखिएको बोर्ड राखेर चालक र यात्रु  र पैदल यात्री नागरिकहरुलाई माक्स हातमा दिँदै स्वास्थ्य मापदण्ड अपनाएर हिँड्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  २ : १० बजे