पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । जनगणना २०७८ प्रारम्भिक नतिजा अनुसार पाँचथर जिल्लाको जनसंख्या १ लाख ७४ हजार ४ सय १९ रहेको छ । अगिल्लो जनगणना २०६८ मा १ लाख ९१ हजार ८ सय १७ रहेको थियो । एक दशकमा १७ हजार ३ सय ९८ जनसंख्या घटी देखिएको छ । जस अनुसार बार्षिक बृद्धिदर माइनस ०.९१ ऋणात्मक दिखिन्छ ।

जिल्लाको पुरुषको जनसख्या ८७ हजार ३३ र महिलाको ८७ हजार ३ सय ८६ रहेको छ । पुरुषको भन्दा महिलाको संख्या ३ सय ५३ जना बढी देखिन्छ । जस अनुसार लैङ्गिक अनुपात ९९ दशमलब ६० रहेको छ  (१०० महिला बरावर ९९ दशमलब ६० पुरुष) । जिल्ला रहेका घरखंख्या ३९ हजार ४ सय २८ र परिवार संख्या ४३ हजार ३ रहेको र जनघनत्व प्रति बर्गकिलोमिटर १ सय ४१ रहेको प्रारम्भिक तथ्याङ्कबाट देखिएको छ ।  

८ वटा स्थानीय तह रहेको जिल्लाको जनसंख्यामा फिदिम नगरपालिकाको जनसख्या सवैभन्दा सवै भन्दा बढी ४८ हजार ७ सय १३ र सवै भन्दा कम तुम्वेवा गाँउपालिकाको ११ हजार ६३ रहेको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  ९ : २६ बजे