पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाडौँ — नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । जसमा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।  अघिल्लो १० वर्षको तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ वृद्धि भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । नेपालमा पछिल्लो १० वर्षमा ०.९३ प्रतिशतमात्रै जनसंख्या वृद्धि भएको छ । यो वृद्धिदर इतिहासमै पहिलो पटक जनसंख्या १ प्रतिशत भन्दा कम देखिएको छ ।
 यसका अधारमा एक दशकमा नेपालमा करिब २७ लाख मानिस थपिएका छन् ।
जनसंख्यिविदका अनुसार सरकारले अब जनसंख्या घटाउने प्रकारका कार्यक्रमहरुमा पुनर्विचार गर्दा राम्रो हुने र जनसंख्या वृद्धि नेपालको समस्याको रुपमा अब नरहेको उनीहरुको तर्क छ । अघिल्लो जनगणनामा जनसंख्या वृद्धिदर १.३ प्रतिशत थियो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १२ : ४५ बजे