पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट तेह्रथुम बहुप्राविधिक शिक्षालय उदघाटन गर्नुहुने भएको छ ।

अध्यक्ष ओलीले आफ्नो जन्मथलो आठराई गाउँपालिका ४ इवामा रहेको तेह्रथुम बहुप्राविधिक शिक्षालयको भवनको शुक्रबार शिलान्यास गर्ने तय भएको एमाले तेह्रथुमका अध्यक्ष तेजमान कन्दङवाले जानकारी दिनुभयो ।

बुधबार अध्यक्ष ओलीले तेह्रथुममै गएर शिलान्यास गर्ने भनिए पनि कोरोना संक्रमण देखिएकाले भर्चुअलरुपमा कार्यक्रमको मोडालिटी परिवर्तन गरिएको हो ।

ताप्लेजुङ्ग, पाँचथर, तेह्रथुम लगायत क्षेत्रका विधार्थीलाई प्राविधिक शिक्षा गाउँ मै दिएर रोजगारीको अवसर सृजना गर्ने उद्देश्यका साथ इवामा २ वर्ष अघिबाट शिक्षालय सुरु भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ११ : २५ बजे