पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाडौं – प्रेस काउन्सिलले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ ।

प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरिएको हो।

आर्थिक वर्ष २०७५/७६ को वर्गीकरणको लागि (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२) गरी ८८३ पत्रपत्रिका दर्ता भएका थिए । जसमध्ये (क) वर्गमा २१९, (ख) वर्गमा ४७६, (ग) वर्गमा १३७, (घ) वर्गमा १५ र नियमित तर हुबहु र वर्ग कायम नभएका ३६ पत्रपत्रिका रहेका छन् । त्यस्तै आर्थिक वर्ष २०७६/७७ को वर्गीकरणको लागि (प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०) गरी ८७८ पत्रपत्रिका दर्ता भएका थिए । जसमध्ये क वर्गमा २३९, (ख) वर्गमा ४३१, (ग) वर्गमा १६३, र नियमित तर हुबहु र वर्ग कायम नभएका ४५ रहेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १० : ४९ बजे