पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । ‍

मंगलबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुनेछ । बुधबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : ४६ बजे