पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाडौं -सत्ता गठबन्धनले आगामी वर्षको जेठ महिना भित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको केही बेरमै एमालेले बैशाख भित्र निर्वाचन गर्नुपर्ने माग अघि सारेको छ ।
एमालेका जनसंगठनहरुका प्रमुख,उपप्रमुखहरुको बैठकले आज त्यस्तो निर्णय गरेको हो । जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले जारी गरेको विज्ञप्ती अनुसार संविधान कानुनको अपव्याख्या गरेर स्थानीय तहकलाई जनप्रतिनिधीबिहिन बनाउने गठबन्धनको षडयन्त्रप्रति आन्दोलित हुने निर्णय पनि गरेको छ । ‘संविधानको धारा २१५ र २१६ ले गाउँ,नगरपालिकाको अध्यक्ष÷प्रमुख,उपाधक्ष्य÷उपप्रमुख वडा अध्यक्ष र सदस्यहरुको प्रत्यक्ष निर्वाचन हुने र निर्वाचित हुने मितीले ५ वर्ष पुगेकै दिन पदमुक्त हुने व्यवस्था छ’ ढकालले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘त्यसैले संविधानले गरेको व्यवस्थ अनुसार नै वैशाख भित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्दछ । ’
‘ स्थानीय तहको निर्वाचन तुरुन्त गर,संविधान र लोकतन्त्रको रक्षा गर’ भन्ने मुल नाराका साथ सबै जनसंगठनहरुलाई आन्दोलनमा होमिन आह्वान गरिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ९ : २१ बजे