पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाडौं । शनिबार आज २४ घण्टामा देशभर ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा ३३ सय १८ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ४४ सय ६१ जनाको एन्टीजेन परीक्षण गर्दा १५ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार कुल १४ हजार ५६२ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको छ।

सोही अवधिमा पाँच हजार ९४२ जना डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ।

देशभर अहिले सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ रहेको छ। २४ घण्टामा दुई लाख ७२ हजार ७४८ जनाले खोप लगाएका छन्।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ६ : १० बजे