काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्याय सेवा आयोगको बैठक बोलाउनु भएको छ ।
नेपाल बार एसोसियसनको लगातारको आन्दोलनका बीच राणाले दोस्रोपटक आजका लागि न्याय सेवा आयोगको बैठक बोलाउनु भएको हो ।
यसअघि ६ पुसमा बोलाइएको बैठक बस्दैनबसी स्थगित भएको थियो । तर, नेपाल बारको असहमतिका बाबजुत प्रधानन्यायाधीश राणाले आज दिउँसो २ बजेका लागि बैठक बोलाउनुभएको हो ।
प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार १० : ४६ बजे
प्रतिक्रिया