पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

विगत ३० वर्षदेखि सगरमाथाको शिखरनजिकै मृत्युवरण गरेका एक पर्वतारोहीको शव हिउँमा अलपत्र अवस्थामा छ।

उनले लगाएका जुत्ताको रङ्गका आधारमा पर्वतारोहण क्षेत्रमा अहिले उनलाई ‘ग्रीन बूट्स’ उपनाम दिइएको छ।

भारत-प्रशासित कश्मीरमा पर्ने लद्दाखका दोर्जे मोरुप सन् १९९६ को मे महिनामा भारतीय टोलीसँगै तिब्बती मोहडाबाट सगरमाथा आरोहण गर्न गएका थिए।

उनी शिखरमा पुग्न त पुगे तर फर्किने क्रममा अरू दुई जनासहित हिमआँधीमा फसे। उनको शव देखा पर्‍यो तर अन्य दुई जनाको अझै अत्तोपत्तो छैन।

जानकारहरूका अनुसार ‘ग्रीन बूट्स’ अहिले सगरमाथा चढ्न जानेहरूका लागि बाटो देखाउने ‘सङ्केतचिह्न’जस्तै भएको छ।

भारतले उनको पार्थिव अवशेष त्यहाँबाट निकालेर परिवारलाई फिर्ता गराउन सकिन्छ कि भनेर त्यसका लागि उद्धारकर्ताहरूको खोजी थालेको छ।

बीबीसी नेपालीवाट

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ६ : २९ बजे