पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल

१०–जेठ, नवमीडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका– १, नवमीडाँडामा सहकारी शिक्षा तथा सचेतना सम्बन्धि २ दिने कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

कार्यक्रममा सहकारी संस्था सञ्चालनमा आवश्यक ऐन नियम र नीतिगत व्यवस्था, सहकारी संस्था सञ्चालक तथा लेखा समितिको काम कर्तव्य र अधिकार, सहकारीमा प्रयोग गरिने खाताहरु, शेयर बचत, ऋण लगानी र असुली प्रक्रिया लगायत सहकारीसँग सम्बन्धित विषयमा छलफल भएको थियो ।

oplus_2

फाल्गुनन्द गाउँपालिका १ नंं.वडा कार्यालयको आर्थिक सहयोगमा स्थानीय साहसी महिला बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको कार्यक्रमको सहकारी प्रशिक्षक केशब भण्डारीले सहजीकरण गरेका थिए । सहकारी संस्था सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले सञ्चालित कार्यक्रममा साहसी महिला बहुउद्धेश्यीय सहकारी संस्थामा आबद्ध फाल्गुनन्द १, नवमीडाँडाका ४० जना महिलाहरुको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा फाल्गुनन्द १ का वडाध्यक्ष होमप्रसाद आङ्देम्बे, नवमीडाँडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष छबिरमण हुमागाईं, सिद्धेश्वरी माविका प्रधानाध्यापक दिपकप्रसाद दुलाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम समापन समारोह फाल्गुनन्द १ का वडा अध्यक्ष होमप्रसाद आङ्देम्बेको प्रमुख अतिथ्यता र साहसी महिला बहुउद्धेश्यीय शहकारी संस्थाकी अध्यक्ष निर्मला कन्दङ्वाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम साहसी महिला बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको आफ्नै भवन नवमीडाँडामा सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  ७ : ४० बजे