२४-चैत्र, पाँचथर । फाल्गुनन्द गाँउपालिका प्रथम अध्यक्ष कप आमन्त्रित फुटबल प्रतियोगिता- २०८३ फाल्गुनन्द गाँउपालिका- १ नवमीडाँडामा बैशाख- १ गतदेखि सञ्चालन हुने भएको छ ।
तिजोक युवा क्लबले फिदिम वजार स्थित मिजोर होटलमा सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । नयाँ बर्ष २०८३ को अवसरमा आयोजना हुने प्रतियोगिता ५ दिनसम्म सञ्चालन हुने आयोजक तिजोक यूवा क्लबका अध्यक्ष हेमराज आङ्देम्बेले बताए ।

नवमीडाँडा स्थित सिद्वदेवी माविको खेल मैदानमा हुने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा बैशाख १ गते दिउँसो ३ बजे आयोजक तिजोक युवा क्लबले इलाम माङ्सेबुङको आत्मा पबित्र हक्वात यक्चुम फुटबल क्लबको सामना गर्नेछ । यसै गरी बैशाख- २ गते फिदिमको पाँचथर फुटबल क्लब र झापाको नवकिरण स्पोटिङ क्लब भिड्ने छन् । बैशाख- ३ गतेको पहिलो खेलमा मोरङको पथरी- ११ फुटबल क्लबले भारत सिलगुडीको केएफसी र दोस्रो खेलमा धरानको सिटि एफसीले इलामको हेलीबोश एफसीसँग प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको सेमी फाइन बैशाख- ४ गते हुनेछ भने फाइनल खेल ५ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेताले दुई लाख २२ हजार २ सय २२ रुपैँया र उपबिजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैँयासहित ट्रफी, मेडल र प्रमाण-पत्र पाउने अध्यक्ष आङ्देम्बेले बताए ।

प्रतियोगिताको प्रबर्द्वक फाल्गुनन्द गाँउपालिका र १ नम्बर वडा रहेका छन् भने सीजी ब्रुअरी मुस्ताङ बियरले प्रायोजन गरेको छ । उक्त अवसरमा चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुती रहने गरी साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिने आयाेजकले जानकारी दिएको छ ।
प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार ७ : ४२ बजे







प्रतिक्रिया