मंगल बेघा
२५ फागुन, पाँचथर । प्रतिनिधि सभा सदस्य निर्वाचन– २०८२ को समानुपातिक तर्फ पाँचथरमा श्रम संस्कृति पार्टीलाई सर्वाधिक मत प्राप्त भएको छ ।
सोमबार विहान सम्पन्न मतपरिणाम अनुसार श्रम संस्कृति पार्टीले १८ हजार ३ सय ६८ मत प्राप्त गरेको छ । यसै गरी, दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १४ हजार १ सय मत प्राप्त गरेको छ भने नेकपा एमालेले १३ हजार ४ सय १५ मत प्राप्त गरेको छ ।
प्राप्त मत परिणा अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७ हजार ७ सय ६० मत प्राप्त गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार १ सय ९१ मत प्राप्त गरेको छ । यसै गरी, राष्ट्रिय परिवर्तन पार्टीले १ हजार ३ सय ३३ मत प्राप्त गरेको छ ।
मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५७ ओटा दलहरुले समानुपातिक तर्फ मत प्राप्त गरेका थिए । समानुपातिक तर्फमा मतणना सम्पन्न भएसँगै पाँचथर निर्वाचन पूर्व, निर्वाचन र निर्वाचन पश्चातका सम्पूर्ण कार्यहरु सम्पन्न भएको सो कार्यालयले जनाएको छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा प्रतक्ष तर्फ भने नेपाली काँग्रेसका उम्मेदवार नरेन्द्र कुमार केरुङले १७ हजार २ सय ३३ मत सहित विजय हाँसिल गरेका थिए । उनका निकतम प्रतिद्धन्द्धी श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४ हजार ७ सय ३४ मत प्राप्त गरेका थिए ।
जिल्लामा कुल १ लाख ४३ हजार ४ सय ८ मतदाता ४९.६३ प्रतिशत मतदाताले मतदान गरेका थिए । निर्वाचन सम्पन्न गर्न १ सय २ मतदान स्थल र १ सय ७९ मतदान केन्द्र स्थापना गरिएका थिए ।
पाँचथरमा समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको मत :
१. श्रम संस्कृति पार्टी: १८,३६८ मत
२. नेपाली काँग्रेस: १४,१०० मत
३. नेपाल कम्युनिष्ट पार्टी (एमाले): १३,४१५ मत
४. नेपाली कम्युनिष्ट पार्टी: ७,७६० मत
५. राष्ट्रिय स्वतन्त्र पार्टी: ७,२९१ मत
६. राष्ट्रिय परिवर्तन पार्टी: ३,८२५ मत
७. राष्ट्रिय प्रजातन्त्र पार्टी: १,३३३ मत
८. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च: ३९३ मत
९. राष्ट्रिय जनमुक्ति पार्टी: ३०८ मत
१०. जनता समाजवादी पार्टी, नेपाल: २३४ मत
११. मंगोल नेशनल अर्गनाइजेशन: १९१ मत
१२. राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल: १५४ मत
१३. राष्ट्रिय गौरव पार्टी: १३१ मत
१४. एकल चिन्ह चकिया (जाँतो): १०६ मत
१५. जन अधिकार पार्टी: १०५ मत
१६. प्रगतिशील लोकतान्त्रिक पार्टी: १०० मत
१७. सार्वभौम नागरिक पार्टी: ९९ मत
१८. नेपाल लोकतान्त्रिक पार्टी: ८७ मत
१९. नेपाल जनमुक्ति पार्टी: ६९ मत
२०. नेपाल कम्युनिष्ट पार्टी (माले): ५७ मत
२१. पिपुल फर्ष्ट पार्टी: ४९ मत
२२. नेपाल जनता संरक्षण पार्टी: ४८ मत
२३. जनमत पार्टी: ४६ मत
२४. प्रजातान्त्रिक पार्टी नेपाल: ४६ मत
२५. नेपाल कम्युनिस्ट पार्टी (माओवादी): ३७ मत
२६. नेपाल सद्भावना पार्टी: ३५ मत
२७. जय मातृभूमि पार्टी: २२ मत
२८. नेपाली जनश्रमदान संस्कृति पार्टी: २२ मत
२९. नेपालका लागि नेपाली पार्टी: २१ मत
३०. नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल):
२१ मत ३१. नेपाल मातृभूमि पार्टी: २० मत
३२. एकल चिन्ह मोबाइल: १९ मत
३३. एकल चिन्ह जगर भएको सिंह: १८ मत
३४. नेपाल मजदुर किसान पार्टी: १८ मत
३५. समावेशी समाजवादी पार्टी: १८ मत
३६. समावेशी समाजवादी पार्टी नेपाल: १६ मत
३७. नेपाली जनता दल: १६ मत
३८. एकल चिन्ह बस: १५ मत
३९. नेपाल जनता पार्टी: १५ मत
४०. नागरिक शक्ति, नेपाल: १४ मत
४१. संयुक्त नागरिक पार्टी: १४ मत
४२. नेपाली काँग्रेस (वी.पी.): १३ मत
४३. राष्ट्र निर्माण दल नेपाल: १२ मत
४४. बहुजन शक्ति पार्टी: ११ मत
४५. राष्ट्रिय जनता पार्टी नेपाल: ११ मत
४६. राष्ट्रिय एकता दल: ११ मत
४७. जनता लोकतान्त्रिक पार्टी, नेपाल: ९ मत
४८. राष्ट्रिय जनमोर्चा: ८ मत
४९. स्वाभिमान पार्टी: ८ मत
५०. गतिशील लोकतान्त्रिक पार्टी: ६ मत
५१. त्रिमुल नेपाल: ५ मत
५२. नेपाल कम्युनिष्ट पार्टी (संयुक्त): ५ मत
५३. राष्ट्रिय उर्जाशील पार्टी, नेपाल: ४ मत
५४. उन्नत लोकतन्त्र पार्टी: ४ मत
५५. जनप्रिय लोकतान्त्रिक पार्टी: ३ मत
५६. मितेरी पार्टी नेपाल: ३ मत
५७. नेशनल रिपब्लिक नेपाल: २ मत
प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार १२ : ४८ बजे







प्रतिक्रिया