मंगल बेघा
२२-फागुन, पाँचथर । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत पाँचथर जिल्लाको मतणगना शुक्रबार दिउँसोवाट सुरु भएको छ ।
मतगणनाका लागि आवश्यक तयारी पूरा भएकोले गणना सुरु गरिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आज विहान सम्पन्न सर्वदलीय वैठकवाट वडागत रुपमा मत गणना गरिने र पहिले प्रतक्ष तर्फको मत गणना गरिने समेत सो कार्यालयले जानकारी दिएको छ । मतगणना कार्य मिक्लाजुङ गाउँपालिकावाट सुरु गरिएको हो ।

एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा विहिबार सम्पन्न निर्वाचनमा ४९.६३ प्रतिशत मतदान भएको थियो । कुल १ लाख ४३ हजार ४ सय ८ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ३३ हजार ६ सय १५ महिला र ३७ हजार ५ सय ५५ पुरुष सहित ७१ हजार १ सय ७१ जनाले मतदान गरेका थिए ।
प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १२ : ४१ बजे







प्रतिक्रिया