उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको राष्ट्रिय ध्वजावाहक साटेनाले पुष्टि गरेको छ।
उक्त यात्रुवाहक विमान “एक घातक दुर्घटनामा परेको” कम्पनीले एउटा वक्तव्यमार्फत् जनाएको छ। तर दुर्घटना सम्बन्धमा विस्तृत विवरण उसले दिएको छैन।
दुर्घटनाग्रस्त विमानका भग्नावशेषहरू एउटा पहाडी क्षेत्रमा देखिएका विवरणहरूमा जनाइएको छ।
यात्रुहरूको आधिकारिक सूचीमा एकजना बहालवाला सांसद र आसन्न निर्वाचनका अर्का उम्मेदवार पनि रहेका छन्।
गुरिल्ला नियनत्रित क्षेत्र
यसअघि साटेनाले भेनेजुएलासँग सिमाना जोडिएको ओकान्या शहरमा निर्धारित समयानुसार बुधवार १२ बजेर ५ मिनेटमा अवतरण गर्नुभन्दा ११ मिनेटअगाडि विमानसँग सम्पर्क विच्छेद भएको बताएको थियो।
उक्त हवाई सेवा प्रदायक कम्पनीका अनुसार फ्लाइट एनएसई ८८४९ ओकान्यादेखि करिब १०० किलोमिटर उत्तरपूर्वमा पर्ने कुकुटा शहरका लागि उडेको थियो।
विमानमा १३ जना यात्रु तथा दुईजना चालक दलका सदस्य सवार रहेका बताइएको छ। दुर्घटनालगत्तै खोजी तथा उद्धार कार्य शुरू गरिएको थियो भने पीडितका परिवारका लागि हटलाइन स्थापना गरिएको थियो।
कोलम्बियाका सशस्त्र फौजहरूले विमान हराउनासाथ खोजी कार्य शुरू गरेका बताइएको छ। विमान हराएको क्षेत्र कोलम्बियाको ईएलएन गुरिल्ला समूहको नियन्त्रणमा रहेको छ।
कोलम्बियाका सशस्त्र फौजहरूले विमान हराउनासाथ खोजी कार्य शुरू गरेका बताइएको छ। विमान हराएको क्षेत्र कोलम्बियाको ईएलएन गुरिल्ला समूहको नियन्त्रणमा रहेको छ।
बीबीसी न्युजवाट
प्रकाशित मिति : १६ माघ २०८२, बिहिबार ६ : ११ बजे






प्रतिक्रिया