पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

३० पौष, पाँचथर । नेपाली काँग्रेसको विवाद उत्कर्षमा पुग्दा संस्थापन पक्षले महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फसमुल्ला मन्सुरलाई कारबाही गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्य समितिको वैठकले महामन्त्री र सहमहामन्त्रीलाई कारबाही गर्ने निर्णय गरेको हो । महामन्त्रीद्धयको आव्हानमा भृकुटीमण्डममा जारी विशेष महाधिवेशनमा नेतृत्व चयनको प्रकृया चलिरहेको बेला उनीहरु माथि कारबाहीको निर्णय भएको हो । संस्थापन समूह र विशेष महाधिवेशन पक्षबीच पटक पटक संवाद भएपनि सहमति जुट्न नसकेपछि दुवै पक्ष आ–आफ्नो प्रकृयामा अगाडि वढेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय परिसरमा सञ्चारकर्मीहरुसँग केन्द्रीय कार्य समितिको निर्णय सुनाउँदै नेता मिन विश्वकर्माले महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा सहित सहमहामन्त्री फसमुल्ला मन्सुरलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको बताए । “दुवैपक्षबीच विभिन्न तहमा वार्ता भए पनि सहमति जुट्न नसक्दा कारबाही प्रकृया वढाउनु परेको हो” – उनले भने– “पार्टीको अनुशासनको धारा आकर्षित हुने गरी कार्य गरेकाले कारबाही गरिएको हो ।”

महामन्त्रीद्धय र सहमहामन्त्री बाहेक अन्य पदाधिकारी र सदस्यहरुका हकमा भने पार्टी र नियमित काममा फर्किन आव्हान गर्ने निर्णय भएको नेता विश्कर्माले बताए । संस्थापन पक्षको निर्णय लगत्तै प्रतिकृया दिँदै महामन्त्री थापाले आधिकारिक काँग्रेस आफुले नेतृत्व गरेको समूह हुने बताए । विशेष महाधिवेशन स्थलमा सभापति शेरबहादुर देउवा विरुद्ध नारा जुलुस समेत भएको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बुधबार  ४ : २५ बजे