पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

प्रतियोगितामा पुरुष तर्फ प्रथम भएका अमिर र महिला तर्फ प्रथम भएकी पुष्पाले क्रमशः ३० हजार १५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे ।

मंगल बेघा

१२- पाैष पाँचथर । ८ औं सुम्हा?लुङ मिनी म्याराथन- २०८२ अन्तर्गत पुरुष तर्फकाे उपाधि ताप्लेजुङको मैवाखोला गाउँपालिकाका अमिर तबेबुङ र महिलातर्फ पाँचथर मिक्लाजुङ गाउँपालिकाकी पुष्पा शेर्माले चुमेका छन्। चासाेक मेलाकाे अवसरमा फिदिम नगरपालिका ४ गढीमा शनिबार आयाेजित म्याराथनमा दुवै विधाका अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै अमिर र पुष्पाले उपाधि चुमेका हुन् ।

म्याराथनमा सहभागी पुरुष धावकहरुका लागि निर्धारित ९.५ किलोमिटर दूरी २८ मिनेटमा पूरा गर्दै अमिरले उपाधि हात पारे। साेही विधामा २९ मिनेटमा दूरी पूरा गरेका मिक्लाजुङका ओसन राई द्धितीय र ३० मिनेटमा दूरी पार ताप्लेजुङकाे फक्ताङ्लुङका रमेश लिम्बूले तृतीय स्थान हाँसिल गरे। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने प्रतियाेगीले क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

यसै गरी, महिला धावकहरुका लागि निर्धारित ५.३ किलोमिटरको दूरी शेर्माले १९ मिनेटमा पार गर्दै उपाधि हात पारिन्। फाल्गुनन्द गाउँपालिकाकी कृतिका नेम्वाङले २० मिनेट र फिदिम नगरपालिकाकी मेन्छोमा तुम्बापोले २० मिनेट ३० सेकेन्डमा दौड पूरा गर्दै क्रमश: द्धितीय र तृतीय स्थान हाँसिल गरे। यस विधाका प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गरेका धावकहरुले क्रमश: १५ हजार, १० हजार ५ हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गरे ।

प्रतियोगितामा उपाधि हाँसिल गर्ने खेलाडीहरुलाई फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौपाने सहितका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

सुम्जिरी सुम्हा?लुङ आम्बे पज? संरक्षण तथा विकास प्रतिष्ठानद्धारा आयोजित प्रतियोगितामा पुरुष तर्फ ४४ जना र महिला तर्फ १४ जना धावकहरु सहभागी भएका थिए । ऐतिहासिक स्थल सुम्हा?लुङको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष नन्द बिक्रम लावतीले बताए ।

प्रतिष्ठानले सुम्हा?लुङ परिसरमा पौष १० गतेदेखि मेला समेत आयोजना गरेको छ । मनोरञ्जनका साथै विभिन्न परिकारका खाना स्टलहरु समेत रहेको मेला १९ गतेसम्म सञ्चालन हुने प्रतिष्ठानका सविच कमल लावतीले जानकारी दिए ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ३ : ०८ बजे