पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल

१०–पौष, पाँचथर । फाल्गुनन्द गाउँपालिमा माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम फाल्गुनन्द ३ स्थित जलसिंह मावि चिम्फुलामा बुधबार सम्पन्न भएको छ ।

फाल्गुनन्द गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा सिद्धदेवी मावि नवमीडाँडा प्रथम, जयनारायण आदर्श मावि मेहेलबोटे द्धितीय, सारताप मनोरत्न मावि तृतीय र जनकल्याण मावि फाक्तेपले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई कार्यव्रmमका प्रमुख अतिथि जलसिंह माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिकुमार लावती, विशेष अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमबहादुर तामाङ, फाल्गुनन्द गाउँपालिका शिक्षा युवा, तथा खेलकुद शाखा प्रमुख मेदनी प्रसाँई लगायतले नगद पुरस्कार तथा कप, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयहरुलाई क्रमशः नगद ९ हजार, ७ हजार, ५ हजार र ३ हजार साथै सहभागी सम्पूर्ण विद्यालयहरुलाई यातायात खर्च र सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

प्रतियोगितामा फाल्गुनन्द गाउँपालिकाका ११ सामुदायिक र १ संस्थागत गरी १२ वटा माध्यमिक विद्यालयका कक्षा ९—१२ मा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम जलसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ७ : ०६ बजे