पाँचथर । एमाले महाधिवेशनका लागि पाँचथरका ३ जना केन्द्रिय सदस्य पदमा भिड्ने देखिएको छ । निवर्तमान के. स. अईन्द्र सुन्दर नेम्वाङ आदिवासी जनजाति क्लष्टरबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनेका छन ।
त्यस्तै आदिवासी जनजाति महिला क्लष्टरबाट केन्द्रीय सदस्य पदका लागि पाँचथरे नेतृदय आशारत्न जवेगु र भूमिका सुब्वा लिम्बुको उम्मेदवारी रहेको छ । नेतृ आशारत्न जबेगु निवर्तमान के. स. हुन भने भूमिका लिम्बु सुब्वा राष्ट्रिय जनसांस्कृतिक महाँसंघ, नेपालको अध्यक्ष हो । यि ३ नै जना पाँचथरका नेतृत्व केपी शर्मा ओलीको समूहबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
प्रकाशित मिति : १ पुस २०८२, मंगलबार ६ : ४३ बजे






प्रतिक्रिया