मंगल बेघा
२५-फागुन, पाँचथर । इलाम– १ वाट प्रतिनिधि सभा सदस्य निर्वाचन– २०८२ मा नेपाली काँग्रेसका उम्मेदवार निश्कल राई निर्वाचित भएका छन् ।
सोमबार दिउँसो सम्पन्न अन्तिम मत परिणाम अनुसार यूवा उम्मेदवार राईले निकटतम प्रतिद्धन्द्धी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्बाङ लिम्बूलाई ९ सय ११ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभामा पाईला टेक्ने निश्चय गरेका हुन् । राईले १४ हजार ५ सय ४३ मत प्राप्त गर्दा नेम्बाङले १३ हजार ६ सय ३२ मत प्राप्त गरे ।
कम्युनिष्ट गढ मानिदै आएको सो क्षेत्रमा नेकपा एमाले भने तेस्रो स्थानमा मात्र रह्यो । नेकपा एमालेका काजिमान कागतेले ११ हजार ९ सय ६६ मत प्राप्त गरे । यसै गरी, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १ सय ६० मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टीका रणबहादुर राईले ७ हजार ६ सय ६५ मत प्राप्त गरे ।
प्राप्त मत परिणाम अनुसार मंगोल नेस्नल अर्गनाईजेसनका बुद्धलाल मेचेले ८ सय १, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्वाला नेपालले ५ सय ७७, उज्यालो पार्टी नेपालका हरिबहादुर गुरुङले ४ सय ८१, जनता समाजवादी पार्टीका लिलाबहादुर सुनुवारले २ सय ९६ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नारममणी साम्पाङले १ सय ६५ मत मत प्राप्त गरे । यसै गरी, नेपाल मजुदर किसान पार्टीका तुल्सी केसरी प्रजापतिले ४४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राबहादुर लिम्बूले ३९ र राष्ट्रिय जनमुक्ती पार्टीका डम्बरसिङ लिम्बूले २२ मत प्राप्त गरे ।
यसअघि घोषणा भएको मत परिणाम अनुसार इलाम– २ मा भने नेकपा एमालेका सुहाङ नेम्बाङ विजयी भएका थिए । यसअघि भएको उपनिर्वाचनमा समेत वाजी मारेका नेम्बाङले आफ्नो दिवंगत पिता स्व. सुवासचन्द्र नेम्बाङको पदचापलाई पछ्याउँदै दोस्रो पटक संसदमा पाईला राखेका हुन् ।
प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार ७ : २९ बजे







प्रतिक्रिया