२४-फागुन, पाँचथर । प्रतिनिधि सभा सदस्य निर्वाचन– २०८२ को प्रतक्ष तर्फ पाँचथरमा नेपाली काँग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी बने । निवर्तमान सभापति तथा केन्द्रीय सदस्य समेत रहेका केरुङले निकतम प्रतिद्धन्द्धी श्रम संस्कृति पार्टीका हस्तराज शेर्मालाई पराजित गर्दै विजयी बनेका हुन् ।
मूख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्राप्त अन्तिम मत परिणाम अनुसार विजेता बनेका नेपाली काँग्रेसका केरुङले १७ हजार २ सय ३३ मत प्राप्त गरेका थिए । उनलाई श्रम संस्कृति पार्टीका शेर्माले १४ हजार ७ सय ३४ मत सहित पछ्याएका थिए । यसरी हेर्दा विजेता र निकतम प्रतिद्धन्द्धीबीचको मतान्तर २ हजार ४ सय ९९ रहेको देखिन्छ ।
यसै गरी, नेकपा एमालेका उम्मेदवार अईन्द्रसुन्दर नेम्बाङले १४ हजार ५ सय ३४ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार हर्कबहादुर नेम्बाङ (मिक्सो) ले ११ हजार ४ सय ४३ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र विक्रम थाम्सुहाङले ४ हजार १ सय ९७ मत प्राप्त गरे ।

राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर सुव्वाले २ हजार ८ सय २५, राप्रपाका तेजकुमार कुरुम्बाङले ९ सय २५ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टीका मचिन्द्रप्रसाद बेघाले २ सय ४७, राष्ट्रिय मुक्ती पार्टीका मित्र लिङदेनले १ सय ४३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भानुभक्त फियाकले १ सय ८० मत प्राप्त गरेका छन् ।
यसै गरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रकाश काफ्लेले १ सय १५ र नेपाल जनमुक्ती पार्टीका नरेन्द्रप्रसाद कुरुम्बाङले ६१ मत प्राप्त गरेका छन् । प्राप्त मत परिणाम अनुसार मंगोल नेस्नल अर्गनाईजेसका रामकुमार तुम्रोकले १ सय ६२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का विजय नेम्बाङले ९० र नेपाल मजदुर किसान पार्टीका लक्षुमन तामाङले ३२ मत प्राप्त गरेका छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा कुल १ लाख ४३ हजार ४ सय ८ मतदाता मध्ये ७० हजार ८ सय १८ जनाले मतदान गरेका थिए । निर्वाचन सम्पन्न गर्न १ सय २ मतदान स्थल र १ सय ७९ मतदान केन्द्र स्थापना गरिएका थिए ।
प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार ६ : ५८ बजे







प्रतिक्रिया