२१ पौष, पाँचथर । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली माथिको स्थान हद सोमबारवाट फुकुवा भएको छ ।
भाद्र २३ र २४ गते भएको घटना सम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री ओलीको स्थान हद फुकुवा गरेको हो । आयोगका प्रवक्ता विज्ञान राज शर्माले सोमबार विज्ञप्ती जारी गर्दै ओलीको विदेश भ्रमण र आयोगको स्विकृति बेगर काठमाण्डौ उपत्याका छाड्न नपाउने व्यवस्था हटाइएको जनाएका छन् । अध्यक्ष ओलीलाई असोज १२ गतेदेखि आयोगले स्थान हद लाग्ने गरी भ्रमण रोक्का गर्ने निर्णय गरेको थियो ।

गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारी सहित ७६ जनाको मृत्यू भएपछि गठन भएको सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । सरकारको नेतृत्व गरेको हैसियतमा तत्कालिन प्रधानमन्त्री ओली माथि बयान लिईसकिएको र स्थान हदकाे औचित्य समाप्त भएकोले फुकुवा गरिएको आयोजद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
आयोगले तत्कालिन गृहमन्त्री रमेश लेखक, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, काठमाण्डौका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई समेत यसअघि वयान लिएर स्थान हद फुकुवा गरेको थियो । जेनजी आन्दोलनपछि ओली नेतृत्वको सरकार अपदस्त भएसँगै शुशीला कार्की नेतृत्वको नागरिक सरकार गठन भएको छ । वर्तमान सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति : २१ पुस २०८२, सोमबार २ : ५० बजे






प्रतिक्रिया