पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

सिद्धदेवी माविले यो वर्षको जितसँगै लगातार ३ वर्षको प्रतियोगिता जितेर रनिङ शिल्ड स्थायी रुपमै आफ्नो स्वामित्वमा पार्न सफल भएको छ ।

दिपक दुलाल,

१–पौष, पाँचथर । फाल्गुनन्द गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाको पोल्टामा परेको छ ।

प्रतियोगितामा बढी ४० स्वर्ण, ११ रजत र ५ कांस्य पदक प्राप्त गरेर सिद्धदेवी माविले प्रथम स्थान हाँसिल गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । सिद्धदेवी माविले यो वर्षको जितसँगै लगातार ३ वर्षको प्रतियोगिता जितेर रनिङ शिल्ड स्थायी रुपमै आफ्नो स्वामित्वमा पार्न सफल भएको छ । कराँते, तेक्वान्दो र उसुु विद्याका खेलमा अन्य विद्यालयको कम सहभागिता रहेकोले सिद्धदेवी मावि नवमीडाँडाले सहज रुपमा ३५ वटा स्वर्ण पदक जित्दै अग्रता कायम गरेको थियो ।

फाल्गुनन्द गाउँपालिकाका १२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको खेलकुद प्रतियोगितामा १२ स्वर्ण, ७ रजत र ५ कांस्य पदक सहित घुर्विसे पञ्चमी माध्यमिक विद्यालयले दोस्रो स्थान प्राप्त गरेको छ । यसवर्षको खेल आयोजक जनकल्याण माध्यमिक विद्यालय फाक्तेपले ७ स्वर्ण, ५ रजत र ८ कांस्य पदक जितेर प्रतियोगितामा तृतीय स्थान हाँसिल गरेको छ ।

यसैगरी, जलसिंह माध्यमिक विद्यालय चिम्फुलाले ३ स्वर्ण ४ रजत र ५ कांस्य पदक, सत्यहाङ्मा माध्यमिक विद्यालय इम्बूङले २ स्वर्ण, २ रजत १ कांस्य पदक प्राप्त गरेको छ । जयनारायण आदर्श माध्यमिक विद्यालय मेहेलबोटेले १ स्वर्ण, २ रजत र ३ कांस्य पदक प्राप्त गरेका छन् । प्रतियोगितामा सिद्धेश्वरी माध्यमिक विद्यालय चिलिङ्देनले १ स्वर्ण, १ रजत र १ कांस्य पदक हाँसिल गर्दा सारताप मनोरत्न माध्यमिक विद्यालय सारतापले २ रजत र १ कांस्य पदक जित्न सफल भएका छन् ।

प्रतियोगिताका विजेता विद्यार्थी तथा विद्यालयहरुलाई कार्यक्रमका प्रमूख अतिथि फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुर सिं नेम्वाङ, विशेष अतिथि गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु लगायतले कप, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतियोगिता फाल्गुनन्द गाउँपालिका ५ स्थित जनकल्याण माध्यमिक विद्यालय फाक्तेप, कोल्बुङको खेलमैदानमा मंसिर २७, २८ र २९ गते सञ्चालन भएको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुर सिं नेम्वाङले उद्धघाटन गर्नुभएको थियो । कार्यक्रम जनकल्याण माध्यमिक विद्यालय फाक्तेप, कोल्बुङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरु, समाजसेवी, बुद्धिजिवी, संघसंस्थाका प्रतिनिधीहरु, अभिभावकहरु तथा फाल्गुनन्द गाउँपालिका भरिका विद्यालयका शिक्षकहरु साथै विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ११ : ०८ बजे