पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

२३-भदौ, पाँचथर । जेनजीको आन्दोलनको क्रममा सोमबार काठमाण्डौंमा १६ र इटहरीमा २ गरी १८ जना प्रदर्शनकारीको मृत्यू भएको छ ।

आन्दाेलनका क्रममा घाइते भएका प्रदर्शनकारीहरु उपचारका लागि अस्पताल पुर्याइएका थिए । उपचारका क्रममा काठमाण्डाै‌ स्थित ट्रमा अस्पतालमा ८, सिभिल अस्पतालमा ३, एभरेस्ट अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जना प्रदर्शनकारीको मृत्यु भएको ति अस्पतालहरुले जनाएका छन् । उनीहरुको पहिचान खुल्न बाँकी रहेको छ ।

आन्दाेलनका क्रममा घाइते भएका अन्य सैयौं प्रदर्शनकारीहरु काठमाण्डाै‌का विभिन्न अस्पतालहरुमा उपचाररत छन् । सरकारले घाइते सवैकाे निशूल्क उपचार गर्ने जनाएकाे छ ।

जेनजीले सोमबार देशका ठूला शहरहरु, जिल्ला सदरमुकाम केन्द्रीत आन्लोलन चलाएका छन् । यसैबीच जेनजीको प्रदर्शनलाई लिएर जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले उपत्याकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पोखरामा समेत अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

पूर्वमा समेत प्रभाव

जेनजीले आव्हानमा भएकाे आन्दाेलनकाे प्रभाव पूर्वमा समेत परेकाे छ । सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागेर शक्त घाइते भएका प्रदर्शनकारीहरुलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । अस्पताल पुर्याए लगतै चिकित्सकले २ जनालाई मृत घाेषणा गरेका थिए ।

झापाको दमकमा भएको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाईते भएका छन् । सामाजिक सञ्जालमा देखिएको श्रव्य-दृश्य सामग्रीमा उनको खुट्टामा गोली लागेपछि मोटरसाईकलमा राखी उपचारमा लगेको देखिन्छ ।

पूर्वमा माेरङकाे विराटनगर, सुनसरीकाे इटहरी, धरान, झापाकाे विर्तामाेड, दमक लगायतका क्षेत्रमा प्रदर्शन भएकाे छ। यता पाँचथरमा समेत साे समूहले प्रदर्शन तयारी गरेकाे छ । जिल्ला सदरमुकमा फिदिम वजरा स्थित विपि पार्कवाट र्याली सुरु गरी वजार परिक्रमा र काेणसभा गर्ने तयारी गरिएकाे साे समूहले जनाएकाे छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ६ : ०३ बजे