पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२–भदौ, पाँचथर । राष्ट्रिय समाचार समिति (रासस) का नव नियुक्त महाप्रबन्धक सन्दिप राईले सोमबार पदभार ग्रहण गरेका छन् ।

काठमाण्डौं स्थित राससको कार्यालयमा आयोजित एक समारोहबीच महाप्रबन्धक राईले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरे लगत्तै राईले सरोकारवालाहरुसँग समन्वय गरेर राससलाई समयानुकुल सुधार गर्दै लैजाने प्रतिक्रिया दिए । “राससमा औपचारिक रुपमा आवद्ध सम्पूर्ण साथिहरु र अन्य सरोकारवालाहरुसँग समन्वय गरिनेछ”– उनले भने– “यस निकायमा भएका समस्याहरु समयानुकुल सुधार गर्न मेरो जोड रहनेछ ।”

गत साउन २६ गते वसेको मन्त्रिपरिषदको वैठकले राईलाई राससको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको थियो । यसका लागि लिइएको परीक्षामा आकांक्षी २५ प्रतिस्पर्धी मध्ये सिफारिस भएका अन्तिम ३ जनाको सूचिमा उनी परेका थिए ।

पाँचथरको फालेलुङ गाउँपालिका ३ मा जन्मिएका राई दुई दशकदेखि पत्रकारितामा सकृय छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरका पूर्व सदस्य राई प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । पाँचथरवाट निर्वाचित सांसद बसन्तकुमार नेम्बाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका बेला राईले प्रेस संयोजकको जिम्मवारी निर्वाह गरेका थिए ।

आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर गरेका राई साहित्यमा सन्दिप झझल्को राई नामवाट परिचति छन् । उनको एउटा गजल संग्रह र अन्य फुटकर कविता, कथा, नियात्रा आदि प्रकाशित छन् ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ८ : २४ बजे