पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने

मंगल बेघा

२८-साउन, पाँचथर । अन्तराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता– २०८२ मा ए डिभिजन क्लब एपीआई पावर चर्च ब्वाइज युनाईटेड, ललीतपुर उत्कृष्ट कमब्याक सहित फाईनलमा प्रवेश गरेको छ ।

जिल्ला सदरमुकाम एपीआई पावर फुङलिङ वजार स्थित भानुजन माविको खेलमैदानमा बुधबार भएको पहिलाे सेमिफइनलमा दि योङ ब्रदर्स क्लब, सुनसरीलाई टाईब्रेकरमा ३–१ ले हराउँदै चर्च ब्वाईज फाईनल प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेलको नजिता टाईब्रेकर तर्फ धकेलिएको थियो ।

टाईब्रेकरमा चर्च ब्वाईजका सुमन श्रेष्ठ, रोशन पहारी र युवराज ढकालको प्रहारले जाली चुमेको थियो भने अनुवभी स्ट्राईकर नवयुग श्रेष्ठको प्रहार पोष्टमा लागेर बाहिरिएको थियो । योङ ब्रदर्सका निरज खड्का मात्र गोल गर्न सफल भए । चर्चका गोलरक्षक विवश चौधरीले योङ ब्रदर्सका विशाल तामाङ र निवश फुयलको प्रहार बचाउ गरेका थिए भने युगन राईको प्रहार पोष्टमा लागेको थियो ।

वर्षाले हिलाम्मे बनेको मैदानमा दुवै टोलीले पहिलो हाफ ०–० को बराबरी खेलेका थिए । दोस्रो हाफको ७७ औं मिनेटमा योङ ब्रदर्सले आत्मघाती गोल मार्फत १–० को अग्रता लिएको थियो । थप गरिएको समयको अन्तिम मिनेटमा चर्च ब्वाईजका सुमन श्रेष्ठले गोल गर्दै खेल १–१ को बराबरीमा फर्र्काएका थिए । डिबक्स नजिकै विपक्षी खेलाडीले फउल गरेपछि प्राप्त फ्रिकिकलाई उनले सोझै गोलमा परिणत गरेका थिए ।

लाखे जात्रा सञ्चालन समितिद्धारा आयोजित प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिले जनाएको छ ।

यसै गरी, व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक र नव उदयमान खेलाडीलाई जनही १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ । यसै गरी, हरेक खेलको म्यान अफ दि म्याच बन्ने खेलाडीलाई समेत नगद ७ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालन गर्न ६४ लाख रुपैयाँ खर्च हुने आयोजकको जनाएको छ । फाइनल खेल साउन ३१ गते हुनेछ ।

बिहिबार हुने दोस्रो सेमिफाईनल : जोया रेडस्टार फुटबल क्लब, झापा विरुद्ध सलहेश युवा क्लब, सिराहा

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ७ : ५८ बजे