१३-साउन, पाँचथर । ताप्लेजुङकाे शिरिजङ्गा गाउँपालिका-५ स्थायी घर भइ फुङलिङ नगरपालिका-४ मा बसाेबास गर्दै आएकी ३० वर्षीया शान्ति राईको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय श्रीमान सञ्जमान लिम्बूलाई आइतबार गिरफ्तार गरेको छ ।
आपसी विवादका क्रममा आरोपितले श्रीमतीलाई गत साउन ८ गते धारिलाे हतियार प्रहार गरी घाइते बनाएकाे र साेही कारण साउन १० गते पीडितकाे मृत्यू भएकाे आराेपमा उनलाई गिरफ्तार गरिएकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश गौतमले बताए । पेटमा कैँची प्रहार भएपछि घाइते भएकी पीडितलाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको डिएसपी गौतमले जानकारी दिए ।
आरोपितले बाटोमा हिड्ने क्रममा लडेर रडमा परि घाइते भएको र उपचारका क्रममा मृत्यु भएको बताएका थिए । आराेपितकाे पहिलाे विवाह टुटेपछि दाेस्राे विवाह गरेका थिए ।
शवको जिल्ला अस्पताल ताप्लेजुङमा आइतबार पोष्टमार्टम गरिएको छ भने सोही दिन सिरिजङ्गा गाउँपालिका-५ याङपाङमा अन्त्येष्टि गरिएकाे पारिवारिक स्राेतले जनाएकाे छ।
आराेपितलाई जिल्ला अदालतवाट म्याद थप गरी अनुसन्धान थालिएकाे डीएसपी गाैतमले बताए । आराेपित विरुद्व कर्तव्य ज्यान अन्तर्गत मुद्दा दायर गरिने समेत उनले जानकारी दिए ।
प्रकाशित मिति : १५ श्रावण २०८२, बुधबार ६ : १९ बजे
प्रतिक्रिया