फिदिम । २१ वर्षीया एक युवतीलाई सामुहिक जबरजस्ती करणी गरेको आरोपमा पाँच जना युवालाई पाँचथर प्रहरीले आईतबार विहान पक्राउ गरेको छ । पाँचथर सदरमुकाम फिदिम मेललाईन स्थित बाटिका होटलमा शनिवार राती ती युवतीलाई पाँच जना युवाहरुले बलात्कार गरेको आरोप छ ।
बलात्कारको आरोपमा पाँचथरका तीन र झापाका दुई जना युवा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार झापा जिल्ला भद्रपुर न.पा. १ का २१ बर्षीय विवश खड्का, झापा जिल्ला अर्जुनधारा न.पा. ८ का २६ बर्षीय अंकित शर्मा, पाँचथर जिल्ला याङवरक गा.पा. ४ का २१ बर्षीय अनिश योङहाङ, पाँचथर जिल्ला फिदिम न.पा. ४ का २४ बर्षीय सञ्जय तामाङ र पाँचथर जिल्ला कुम्मायक गा.पा. ४ का २३ बर्षका उमेश तामाङलाई पक्राउ गरिएको हो ।
आफूमाथी जबरजस्ती करणी गरेको भन्दै पीडित युवतीले प्रहरीमा सूचना दिएपछि आरोपितहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए । पक्राउ परेकाहरुमाथि जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २९ असार २०८२, आइतबार ७ : २५ बजे
प्रतिक्रिया