पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

रामप्रसादराई गाउँपालिका-१ धोत्लेखानीका नौ वर्षीय बालकसहित एकै परिवारका चार जनाको सामूहिक हत्या भएको छ ।

भोजपुर नगरपालिका-२, हेलौछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरमा गएर असार २१ गते राति ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी, १५ वर्षीया पत्नी  र नौ वर्षीय सालोको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेर घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी युवराज तिमल्सिनाले बताउनु भयो ।
के कति कारणले हत्या भएको सो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ससुरालीका घरका चार जनाको सामूहिक हत्यापछि घटना आरोपित राजेन्द्र राईले प्रहरीलाई फोन गरी हत्या गरेको जानकारी दिएको प्रहरीले जनाएको छ ।

राजेन्द्र राईले मनिषालाई सानै उमेरमा भगाएर विवाह गरेका कारण मृतक पत्नीको उमेर १५ वर्ष रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा घाइते अवस्थामा भेटिएका राजेन्द्रलाई भने उपचारका लागि जिल्ला अस्पताल भोजपुर लगिएको डिएसपी तिमल्सिनाको भनाइ छ । घटना अहिले घटनाको अनुसन्धान भइरहेको छ ।

इन्सेक अनलाइनवाट

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ७ : ०१ बजे