मंगल बेघा
११ असार, पाँचथर । ब्याडमिन्टन संघ, पाँचथरका सल्लाहकार एवं निवर्तमान अध्यक्ष रामबीर राईको ६० वर्षको उमेरमा बुधबार विहान झापाको विर्तामोड स्थित बि एण्ड सी अस्लपतामा उपचारको क्रममा निधन भएको छ ।
मंगलबार जिल्ला अस्पताल पाँचथरले रेफर गरेपछि वि एण्ड सी अस्लपतामा पुर्याइएका राईको मुटुको शल्यक्रिया गरे पश्चात निधन भएको अस्पतालले जनाएको छ । मुटुको शल्यक्रिया सफल भएपनि प्रेसर सन्तुलनमा नआएपछि उनको निधन भएको जानकारी प्राप्त भएको उनलाई उपचारमा लिएर गएका आफन्त नरेन्द्र राईले बताए ।
उनले ब्याडमिन्टन संघमा २०७५ देखि २०८० सम्म जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए । उनी अन्य सामाजिक तथा व्यावसायिक संस्थाहरु किरात राई यायोक्खा, पाँचथर उद्योग वाणिज्य संघ, अलैची व्यावासायी महासंघमा समेत आवद्ध हुनुहुन्थ्यो । उहाँको साथमा श्रीमती र दुई छोराहरु रहेका छन् ।
राईको निधन प्रति दुःख व्यक्त गर्दै ब्याडमिन्टन संघ, पाँचथरले बुधबार नै शोक विज्ञप्ती जारी गर्दै परिवारमा समवेदना व्यक्त गरेको छ । संघका अध्यक्ष तेजबहादुर तुम्बापोद्धारा हस्ताक्षरित विज्ञप्तीमा स्व. राईले ब्याडमिन्टन खेल र अन्य सामाजिक क्षेत्रमा पु¥याउनु भएको योगदानको प्रति सम्मान व्यक्त गर्दै संघको कार्यालयमा ५ दिन शोक पुस्तिका राख्ने, ३ दिनसम्म कुनै औपचारिक कार्यक्रम आयोजना नगर्ने र १ दिन ब्याडमिन्टन कभर्ड हल बन्द गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।

राईको निधनले बुधबार विहानैवाट सामाजिक सञ्जाल छाएको छ । फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, नेपाली काँग्रेसका समापति रुपनारायण जवेगू, निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ, नेकपा एमालेका अध्यक्ष विमल सापकोटा, नेपाल उद्योग तथा वाणिज्य महासंघका केन्द्रीय सदस्य दिपक नेपाल, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रप्रसाद अधिकारी सहित अन्य विभिन्न क्षेत्रका नेतृत्वकर्ताहरु, खेलाडीहरुले फेसबुकमा उहाँ प्रति श्रदाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरिरहेका छन् ।
स्व. राईको शव अहिले पनि वि एण्ड सी अस्पतालकाे शवगृहमा राखिएको छ । मुलुक बाहिर रहेका दुई छोराहरुको फर्किएपछि उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
प्रकाशित मिति : ११ असार २०८२, बुधबार २ : ४६ बजे
प्रतिक्रिया