मंगल बेघा
८ जेठ, पाँचथर । प्रथम सुम्हा?लुङ कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता शनिवार फिदिममा सम्पन्न भएको छ । ब्याडमिन्टन संघ, पाँचथरको आयोजनामा तीन दिनसम्म सञ्चालित प्रतियोतिामा सात विधा समावेश गरिएका थिए ।
देशैभरीका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा मेन्स डबल्स विधाको उपाधि नेपाल पुलिस क्लब (एनपीसी) का कविर केसी र इलामका दिवश शंकरको जोडीले उचाले । फाइनलमा सशस्त्र प्रहरी वल नेपाल (एपीएफ) क्बलका भोजबहादुर गुरुङ र विर्ता ब्याडमिन्टन क्लबका नविन सिलवालको जोडीलाई २३–२१, ९–२१ र २१–१२ ले पराजित गर्दै केसी र शंकरले ५१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे । उपविजेतामा सीमित गुरुङ र सिलवालले २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस विधामा त्रिभूवन आर्मी क्लब (टिएसी) का विधान अधिकारी र प्रविन लिङथेप तथा एपीएफका बिजित थापा मगर र देभराज रानाले तृतीय स्थान हाँसिल गरे । दुवै जोडीले जनही १२ हजार ५ सय नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

वुमन्स डबल्स विधाको उपाधी टिएसीका रसिला महर्जन र अमिता गिरिले चुमे । महर्जन र गिरिले एपिएफका नविना राई र विराट ब्याडमिन्टन एकेडेमी (बीबीए) का रोजी राईलाई २१–१३ र २१–१० ले पराजित गर्दै ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । उपविजेतामा चित्त बुझाएका राईद्धयले १५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस विधामा पाँचथरका छाँया केरुङ र ताप्लेजुङकी भावना केदेम तथा एपीएफकी शोभा गौचन र सुस्मा श्रेष्ठले तृतीय स्थान हाँसिल गरे । दुवै टोलीले जनही ७ हजार ५ सय नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

मिक्स डबल्स विधामा टिएसीका विधान अधिकारी र रसिला महर्जनले उपाधि चुमे । टिएसीका जोडीले एपीएफका भोजबहादुर गुरुङ र शोभा गौचनलाई २१–१७, १९–२१ र २३–२१ ले पराजित गर्दै ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । उपविजेतामा चित्त बुझाएका एपीएफका खेलाडीले १५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस विधामा इलामका दिवश शंकर र एपीएफकी नविना राई तथा टिएसीका पविन लिङथेप र पाँचथकी छाँया केरुङले तृतीय स्थान हाँसिल गरे । उनीहरुले जनही ७ हजार ५ सय नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

भेट्रान्स (१००+) विधामा पाँचथरका एलबी साँबा र ज्ञानेन्द्र तामाङ विजेता बने । पाँचथरकै रामराज आङदेम्बे र इन्द्र महतलाई २१–१५, १८–२१ र २१–१८ ले पाखा लगाउँदै विजेता बनेका साँबा र तामाङले ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । उपविजेतामा चित्त बुझाएका आङदेम्बे र महतले १५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस विधामा बिबिएका जीवन भोगटी र धनकुमार श्रेष्ठ तथा पाँचथरका तेजबहादुर तम्बापो र युगमणी सवेहाङले तृतीय स्थान हाँसिल गरे । उनीहरुले जनही ७ हजार ५ सय नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

यु– १५ गल्स विधाको उपाधि टिएसीकी समृद्धि श्रेष्ठले हात पारिन । उनले जोजो ब्याडमिन्टन एकेडेमी (जेबीए) भोजपुरकी रितु तामाङलाई २१–१० र २१–१३ को सोझो सेटमा पराजित गर्दै १५ हजार नगद सहित सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरिन् । उपविजेता बनेकी जेबीएकी तामाङले ७ हजार ५ सय नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात परिन् । यस विधामा तृतीय स्थान हाँसिल गरेका जेबीएका नदिरा तामाङ र बिबिएकी दिया राईले जनही ३ हजार ५ सय नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे ।

यु– १५ ब्वाईज विधाको उपाधि टिएसीका सुदेश राजकोटीले चुमे । उनले जेबीएका सदिप राईलाई २१–१६, २०–२२ र २१–१८ ले पराजित गर्दै १५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त हात पारे । उपविजेतामा चित्त बुझाएका जेबीएका राईले ७ हजार ५ सय नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस विधामा तृतीय स्थान हाँसिल गरेका ताप्लेजुङका रुद्रबहादुर गुरुङ र टिएसीका रिजन मगरले जनही ३ हजार ५ सय नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे ।

आन्तरिक जिल्ला स्तरीय मेन्स डबल्सको उपाधी दिग्जज कन्दङवा र सुवास राईले हात पारे । भवेन्द्र मगर र संयोग राईको जोडीलाई २१–१६, २१–१८ ले हराउँदै उपाधि चुमेका कन्दङवा र राईले नगद रु २० हजार सहित सहित सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । द्धितीय स्थानमा चित्त बुझाएका मगर र राईको जोडीले १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त हात पारे । यस विधामा तृतीय स्थान हाँसिल गरेका याम श्रेष्ठ र राजन थापा तथा गोविन्द सुब्बा र सन्तोष राईको जोडीले जनही ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगितामा विभिन्न स्थान हाँसिल गर्न सफल खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि फिदिम नगरपालिकामा प्रमुख मित्रप्रसाद काफ्ले, नेपाली काँग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रप्रसाद अधिकारी, फिदिम स्र्पोटिङ क्लबका अध्यक्ष दिपेन्द्र थापा मगर, नेपाल पत्रकार महासंघ पाँचथर शाखा अध्यक्ष भीम बाँस्कोटा, मेन्स डबल्स विधाको प्रथम पुरस्कार प्रायोजक लाली बशाह होटल एण्ड रिसोर्टका प्रोपाईटर धनबहादुर राई, जिल्ला क्रिकेट संघका अध्यक्ष सुमन लामा सहितका अतिथिहरुले नगद, ट्रफी, मेडल र प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
खेलकुदसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको ब्याडमिन्टन संघ, पाँचथरका अध्यक्ष तेजबहादुर तुम्बापोले बताए । प्रतियोगितामा भएको आम्दामी र खर्च १५ दिनभित्र सार्वजनिक गरिने जनाउँदै संघका सदस्य राजन योक्पाङदेले आगामी संस्करण समेत आयोजना गरिने जानकारी दिए ।
प्रकाशित मिति : ९ असार २०८२, सोमबार ९ : १२ बजे
प्रतिक्रिया