पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

३१ जेठ, पाँचथर । प्रथम सुम्हा?लुङ कप खुल्ला व्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ । ब्याडमिन्टन संघ, पाँचथरको आयोजनामा आगामी असार ५ देखि ७ गतेसम्म फिदिममा सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

प्रतियोगितामा ७ विधा समावेश गरिएको देशभरका ३ सय भन्दा वढि खेलाडीले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष तेजबहादुर तुम्बापोले बताए । अध्यक्ष तुम्बापोका अनुसार खुल्ला तर्फ मेन्स डबल्स विधाको विजेताले ५१ हजार, उपविजताले २५ हजार र तृतीय स्थान हासिँल गर्ने टिमले जनही १२ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । मेन्स डलल्स, मिक्स डबल्स र भेट्रान्स (१००)का विजेताले क्रमशः ३० हजार, उपविजेताले १५ हजार र तृतीय स्थान हाँसिल गर्नेले जनही ७ हजार ५ सय नगद प्राप्त गर्नेछन् । यसै गरी, जुनियर यू– १५ ब्वाईज र गल्स विधाका विजेताले क्रमशः १५ हजार, उपविजेताले १० हजार र तृतीय स्थान हाँसिल गर्नेले जनही ५ हजार प्राप्त गर्नेछन् । आन्तरिक जिल्ला स्तरीय बी समूहको विजेताले २० हजार, उपविजेताले १० हजार र तृतीय स्थान हाँसिल गर्नेले जनही ५ हजार पुरस्कार प्राप्त गर्ने छन् । सवै विधाका खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष तुम्बापोले बताए ।

प्रतियोगिता आयोजना गर्न करिब १३ लाख खर्च हुने अनुमान गरिएको संघका उपाध्यक्ष निराजन श्रेष्ठले बताए । स्थानीय तह, विभिन्न व्यक्ति तथा संस्थाहरुको सहयोग र इन्ट्री फीवाट स्रोत सुनिश्चित गरिएको उनले जनकारी दिए । प्रतियोगितामा पुरस्कार राशी, ट्रफी, मेडल, खेलाडीहरुको खाना बास, खेल सामग्री खरिद, निर्णायकको पारिश्रमिक लगायतका शिर्षकमा खर्च गरिने उनले बताए ।

पाँचथर जिल्लाको ऐतिहासिक र साँस्कृतिक स्थलको नाममा प्रतियोगिता नामाकरण गरिएको र यसलाई हरेक वर्ष नयाँ संस्करणमा रुपमा आयोजना गरिने अध्यक्ष तुम्बापोले बताए । जिल्ला बाहिरवाट सहभागी हुने खेलाडीहरुलाई खानाको समेत व्यवस्था गरिएको अध्यक्ष तुम्बापोले जानकारी दिए ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १ : ३४ बजे