मंगल बेघा
२९ जेठ, पाँचथर । सेवाग्राहीका लागि करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम बुधबार फिदिममा सम्पन्न भएको छ ।
फिदिम नगरपालिकाको आर्थिक सहयोगमा सामाजिक शैक्षिक तथा पर्यावरणीय विकास नेपाल (सिड)को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा करदाता सेवा कार्यालय, फिदिम पाँचथरका कर अधिकृत वद्रीप्रसाद भेटवाल र फिदिम नगरपालिकाका प्रशासन शाखा प्रमुख भूवनकुमार शाहीले कर र व्यवसाय दर्ता तथा सञ्चालन सम्बन्धी कानुनी व्यवस्थाका विषयमा प्रस्तुती राखेका थिए ।

करदाता सेवा कार्यालय फिदिमसंगको सहकार्यका साथै होटल व्यवसायी संघ पाँचथर र एकता कन्सल्टेन्सी संगको समन्वयमा आयोजित अन्तरक्रिया कार्यक्रममा व्यवसाय दर्ता नविकरण, कर सम्वन्धि आधारभुत विषयहरु तथा आर्थिक अध्यादेश २०८२ ले कर सम्वन्धमा गरेका प्रावधान, कर छुट सम्वन्धि ब्यवस्था लगायतका बिषयहरुमा छलफल भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले व्यावसायीहरु कर सम्बन्धी सुसूचित हुनु पहिलो आवश्यकता भएको बताए । कर तिर्ने व्यावसायहीहरुको हितमा नगरपालिकाले कार्यक्रम ल्याउने समेत प्रमुख काफ्लेले प्रतिवद्धता व्यक्त गरे । यसै गरी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पिक नेपालले व्यावसाय दर्ता, सञ्चालन र कर सम्बन्धी करदाताहरुलाई अभिमुखिकरण गर्ने अधिकार कर्तव्य उद्योग वाणिज्य संघको भएको हुनाले सरोकारवाला निकायहरुसँग समन्वय गरेर कार्यक्रम आयोजना गर्न आग्रह गरे । नगरपालिकाले कर तिर्ने व्यावसायीहरुको हितमा काम गर्नु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा फिदिम नगरपालिकाका नगर उप प्रमुख श्री राधाकृष्ण न्यौपाने, घरेलु कार्यालयका कार्यालय प्रमुख श्री लोकेन्द्र फाँगो, फिदिम नगरपालिका वडा नं ४ का वडाध्यक्ष उपेन्द्र लावती, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष श्री नरेन्द्रप्रसाद अधिकारी, पुर्व अध्यक्ष सुवराज थापा, पाँचथर उद्योग वाणिज्य संघका पुर्व पदाधिकारी एवं सदस्यहरु, वस्तुगत संघका अध्यक्ष तथा पदाधिकारी, उद्यमी, व्यवसायी लगायतका करदाताहरुको सहभागिता रहेको थियो ।
सिड नेपालका कार्यवाहक अध्यक्ष श्री मंगल बहादुर वेघाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव भिम कार्कीले सहजिकरण गरेका थिए । कार्यक्रममा करिब एक सय व्यावसायीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार १ : २९ बजे
प्रतिक्रिया