पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

५ जेठ, पाँचथर । प्रदेश सभा सदस्य मैया श्रेष्ठ लावती सवार गाडी मोरङको कानेपोखरीमा सोमबार दुर्घटनामा परेको छ ।

श्रेष्ठ सहित काेशी प्रदेशका सांसदहरु साधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार बिएइ १४०६ नम्बरको गाडी दुर्घटनामा परेको हो । झापावाट विराटनगर तर्फ गईरहेको सांसदहरु सवार गाडीलाई विपरित दिशावाट आएको बा ५ च ३५२० नम्बरको रातो कारले ठक्कर दिएको स्थानीयले बताए ।

सांसदहरु सवार गाडीलाई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले चलाएको गाडीले ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ। दुवै गाडीमा सवार चालक र यात्रुलाई कुनै गंभीर चोटपटक नलागेको सूचना प्राप्त भएको नेपाली काँग्रेस पाँचथरका सहसचिव सन्तोष श्रेष्ठले बताए । सांसदहरु सवार गाडीमा क्षती आए पनि प्रहरी नायव उपरीक्षक खड्काले चलाएको गाडीमा ठुलो क्षती नभएको समेत उनले जानकारी दिए ।

सांसद मैया श्रेष्ठ लावती नेपाली कांग्रेसकी सांसद तथा प्रदेश कार्य समिति ख की सभापती समेत हुन् । यस्तै राधाकृष्ण खनाल झापा क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित एमालेका सांसद हुन् । नम्बरलाल धिमाल झापाकै एमालेका समानुपातिक सांसद हुन् । सांसद बिद्या चाम्लिङ भने नेकपा एसको समानुपातिक सांसद हुन् ।

प्रदेश सभामा सोमबार प्रस्तुत हुने नीति तथा कार्यक्रममा सहभागी हुन सांसदहरु झापावाट विराटनगर तर्फ जादै थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  ४ : १९ बजे