मंगल बेघा
४ जेठ, पाँचथर । बुद्धिचाल संघ पाँचथरको अध्यक्षमा धनकुमार लावती निर्वाचित भएका छन् । संघको फिदिममा शनिबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनले लावतीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा जयप्रकाश नेम्बाङ, सचिव नन्दकुमार कुरुम्बाङ र कोषाध्यक्षमा गगन लावती निर्वाचित भएका छन् । यसै गरी, महिला सदस्यमा सेसेना चेम्जोङ निर्वाचित भएकी छिन् ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिमा बिजयबोध लावती र प्रदेश प्रतिनिधिमा जयबिक्रम चेम्जोङलाई चयन गरेकाे छ। यसै गरी, सल्लाहाकारमा गजेन्द्र माबो, महेन्द्र सम्बाहाम्फे, खड्क थापा, टंक राई र धनप्रसाद खनाललाई मनाेनयन गरिएकाे छ।
अधिवेशनले सर्वसम्मत रुपमा पदाधिकारी तथा सदस्य चयन गरेको अध्यक्ष लावतीले बताए । जिल्ला खेलकुद विकास समितिले एक जना सदस्य सिफारिस गरेपछि समितिले पूर्णता पाउने समेत उनले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन सत्रलाई प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति पाँचथर अध्यक्ष सन्तोष मोक्तान सहितका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
प्रकाशित मिति : ५ जेष्ठ २०८२, आइतबार ६ : ५२ बजे
प्रतिक्रिया