२३ वैशाख, पाँचथर । जनता समाजवादी पार्टी नेपाल फिदिम नगर समितिको अध्यक्षमा तेजबहादुर आङथुपो निर्वाचित भएका छन् । फिदिम वजार स्थित होटल सगुनको सभाकक्षमा मंगलबार सम्पन्न प्रथम नगर अधिवेशनले आङथुपोको अध्यक्षतामा १७ सदस्यीय नगर समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रामबहादुर तुम्बापो, सचिव सन्जन मगर, सहसचिव दिपक लावती र कोषाध्यक्षमा सिर्जना तामाङ निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरुमा कविता नेम्बाङ, शिला लावती, सुक्रबहादुर नेम्बाङ, अन्जन नेम्बाङ, सिर्जना लावती र धनकुमारी लावती रहेका छन् । यसै गरी, अवि तुम्बापो, जीवन लावती, धनराम शेर्मा, खुशी जवेगू, जसकला लावती र दिलबहादुर लावती समेत सदस्यमा निर्वाचित भएका छन् ।

समिति सर्वसम्मत रुपमा चयन गरिएको जसपा नेपाल जिल्ला समितिका सचिव कमल राज नेम्बाङले जानकारी दिए । अधिवेशनको उद्घाटन सत्रलाई जसपाका नेताहरु राजेन्द्रकुमार जवेगू, मचिन्द्रप्रसाद बेघा, लक्ष्मण लावती लगायतले संबोधन गरेका थिए ।
प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार ६ : ३७ बजे
प्रतिक्रिया