२३ बैशाख, पाँचथर । साहित्यकार तथा पूर्व मन्त्री प्रदिप नेपालको मंगलबार काठमाण्डौमा निधन भएको छ ।
पार्किन्स रोगवाट पीडित भएका ७१ वर्षीय नेपालको काठमाण्डौ स्थित नर्भिक अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ । केही दिन अघि अस्पताल भर्ना भएको उनलाई अघिल्लो दिनवाट आईसीयूमा राखेर उपचार गरिदै आएको थियो ।
नेपालको कम्युनिष्ट आन्दोलनमा बौद्धिक नेताको छवि बनाएका नेपाल २०५१ सालमा संचार र जलस्रोत मन्त्री, २०५५ सालमा स्वास्थ र जलश्रोत मन्त्री, २०६३ सालमा शिक्षा मन्त्री बनेका थिए । नेकपा एमालेको विभाजन भएपछि भने उनी नेकपा एकिकृत समाजवादीका सल्लाहकार रहेका थिए ।
नेपाली साहित्यमा समेत प्रगतीशील लेखकको छवि बनाएका नेपालका डेढ दर्जनको संख्यामा उपन्यास, दर्जनको हाराहारीमा कथा र नियात्रा संस्मरण सहित कैयौँ फुटकर रचनाहरु प्रकाशित छन् ।
प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार ६ : ०३ बजे
प्रतिक्रिया