पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

२५ चैत्र, पाँचथर । पाँचथर उद्योग वाणिज्य संघको अध्यक्षमा नरेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । फिदिममा शनिबारदेखि सूरु भएको १३ औं अधिवेशनको निर्वाचन प्रक्रियावाट आफ्नो प्यानल सहित अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

सोमबार विहान सम्पन्न मतगणतना अनुसार उपाध्यक्षमा दिपेश गुप्ता, सूर्यकुमार मगर, उमानाथ अधिकारी (उमेश) र शिव अधिकारी निर्वाचित भएको निर्वाचन समितिका मूख्य निर्वाचन अधिकृत खगेन्द्र बाँस्कोटाले बताए । मूख्य निर्वाचन अधिकृत बाँस्काेटाका अनुसार महासचिव चन्द्रप्रकाश काफ्ले, सचिव विकास थापा र कोषाध्यक्ष गणेश काफ्ले निर्वाचित भएका छन् ।

समितिको सदस्यहरुमा भिमबहादुर कार्की, निर्मल श्रेष्ठ, यामप्रसाद चपागाई, केशव पौडेल, योगराज सेढाई र भविन मोक्तान निर्वाचित भएका छन् । यसै गरी, तिलरुपा पोख्रेल, देउकुमार योङहाङ, लिलानाथ खरेल, मदक कालिकोटे र नारायणप्रसाद दाहाल समेत सदस्यमा निर्वाचित भएका छन् । महिला सदस्यमा चन्द्रकला थापा निर्वाचित भएकी छिन् ।

महासचिव र महिला सदस्य निर्विरोध निर्वाचित भएका थिए भने अन्य पदहरु मतदानवाट टुङ्गो लगाइएको मूख्य निर्वाचन अधिकृत बाँस्कोटाले जानकारी दिए । पाँचथर उद्योण वाणिज्य संघमा कुल कुल १ हजार ३ सय ६९ मतदाता रहेकोमा ९ सय ६६ जना मतदान प्रक्रियामा सहभागि भएका थिए ।

अध्यक्ष पदका प्रत्यासीद्धय रेखा इङनाम लावती र नरेन्द्रप्रसाद अधिकारी

यस पटकको अधिवेशनमा सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा एमालेले गठबन्धन गरी उम्मेदवार मनोनयन गरेका थिए । अन्य दलहरुलाई वेवास्ता गरिएको भन्दै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी लगायतले रेखा इङनाम लावतीको नेतृत्वमा अर्को प्यानल बनाई चुनावमा होमिएका थिए । सत्ता इतर समूहवाट लावती अध्यक्ष, केशव खनाल उपाध्यक्ष, पुष्प रिजाल, सचिव, सागर ओझा कोषाध्यक्ष सहित सदस्यमा योगेश थापा र नारायणप्रसाद कोइरालाले उम्मेदवारी दिएका थिए ।

निर्वाचित समितिलाई सोमबार नै पदभार ग्रहण गराउने तयारी गरिएको निवर्तमान अध्यक्ष नवराज घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ३ : ३३ बजे