२२ चैत्र, पाँचथर । जिल्लाका छुट्टा छुट्टै स्थानमा भएको आगलागीमा परी घाइते भएका दुईको जनाको बिहिबार र शुक्रबार मृत्यू भएको छ ।
कुम्मायक गाउँपालिका ३ की २२ वर्षीया प्रतिमा सम्बाहाम्फेको बिहिबार र फिदिम नपा १४ की ४७ वर्षीया उषा राई नेम्बाङको शुक्रबार निधन भएको हो । सम्बाहाम्फेको उपचारका लागि धरान लैजाने क्रममा भेडेटारमा र नेम्बाङको काठमाण्डौ लैजाने क्रममा खुर्कोटमा मृत्यू भएको स्थानीयले जानकारी दिएका छन् ।

फिदिम नपा १३ जौबारी स्थित रानिवन सामुदायिक वनमा लागेको डडेलामा परी घाईते भएकी नेम्बाङलाई उद्धार गरी अस्पतालमा पठाइएको थियो । यसै गरी, कुम्मायक गाउँपालिका ३ स्थित ताम्राखु जंगलमा घाँस काट्न गएको बेला मृतक सम्बाहाम्फे सहित अन्य ३ जना समेत भिषण डडेलोमा परेका थिए ।

सो डडेलोमा परी घाईते भएका ६० वर्षीया निरमाया सम्बाहाम्फे, स्थानीय २८ वर्षीया सपना सम्बाहाम्फे र उनकी छोरी ११ वर्षीया सबिना सम्बाहाम्फेको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिनालाल शाह तेलीले बताए ।
मानवीय क्षती समेत हुने गरी दुवै स्थानमा भएको आगलागीका सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरी निरीक्षक तेलीले जानकारी दिए ।
आगो लगाएको आरोपमा तीन गिरफ्तार
आगो लगाएको आरोपमा प्रहरीले मंगलबार तीन जनालाई गिरफ्तार गरेको छ ।
फिदिम नपा १० खलाङगाटार स्थित खलाङगाटार माविको जंगलमा मंगलबार आगो लगाएको आरोपमा स्थानीय दिलु खजुम र सजिता खजुमलाई प्रहरीले गिरफ्तार गरेको हो । यसै गरी, फिदिम नपा ४ स्थित सिंहदेवी सामुदायिक वनमा आगो लगाएको आरोपमा स्थानीय सुकमाया तामाङलाई समेत प्रहरीले गिरफ्तार गरेको छ।
गिरफ्तार गरिएका तीनै जनालाई सोही दिन जिल्ला अदालतवाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक तेलीले बताए । आरोपितहरु विरुद्ध आपराधिक उपद्रव शिर्षकमा मुद्दा दायर गरिने उनले जानकारी दिए ।
प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार २ : ५२ बजे







प्रतिक्रिया