पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । ब्राउन सुगरसहित पाँचथर फिदिम ४ का एक युवक झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिदिम नगरपालिका वडा नं ४ का २० वर्षीय पारस राजवंशी हुन ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका राजवंशी प्रहरी चेकीङ्गको क्रममा पक्राउ परेका हुन् । राजवंशीलाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ४ ग्राम ०९ मिलिग्राम सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १२ : २७ बजे