पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । याङवरक गाउँपालिका-१ च्याङ्थापु बजार नजिकै गौंथली भीरमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तिमतिम्बु देखि च्याङथापु बजार तर्फ आउँदै गरेको मे १ त ६८९४ नम्बरको ट्याक्टर सोमबार बिहान अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
दुर्घटनामा याङवरक – १ टिम्बुरे घर भएका २७ वर्षीय चालक दिनेश चौहानको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम ल्याउने तयारी भइरहेको पाँचथरका प्रहरी प्रमुख डीएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिएका छन ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ५ : १७ बजे