पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२६ माघ, पाँचथर । नेपाल निजामति कर्मचारी यूनियन पाँचथरको अध्यक्षमा सुजन बाँस्कोटा निर्वाचित भएका छन् । शनिबार फिदिममा सम्पन्न यूनियनको नवौं जिल्ला अधिवेशनले बाँस्कोटाको अध्यक्षतामा जिल्ला समिति सहित प्रदेश र केन्द्रीय प्रतिनिधि समेत निर्वाचित गरेको हो ।

निर्वाचित जिल्ला कार्य समितिको उपाध्यक्षमा राजेश मिश्र, कल्पना नेम्बाङ मगर र रमा पाण्डे, सचिव हिमाल रिजाल, सहसचिव थमराज जैशी र कोषाध्यक्ष प्रदिप थापा रहेका छन् । यसै गरी, सदस्यहरुमा मुना राना, हरि बाँस्कोटा, शान्ति राम घिमिरे, उमेश शाह, कर्ण थिङ र गुमानसिं तामाङ निर्वाचित भएका छन् । निर्वाचित अन्य सदस्यहरुमा जुना रिजाल, प्रेम सिग्देल, उमादेवी राई र मेदनी भण्डारी रहेका छन्।

अधिवेशनले प्रदेश प्रतिनिधिमा राजेन्द्र प्रसाद लुईटेल, धर्म देव ठाकुर र ओम प्रकाश यादवलाई निर्वाचित गरेको छ । यसै गरी, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लक्ष्मी प्रसाद बाँस्कोटा, ऋषिकेश तुम्रोक र बलराम आलेमगर चयन भएका छन् ।

सवै पदहरुमा सर्वसम्मत रुपमा उम्मेदवारहरु चयन गरिएको निर्वाचन समितिका संयोजक लक्ष्मीप्रसाद ढुंगानाले जानकारी दिए ।

अधिवेशनमा कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बे, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बे सहितका अतिथिहरुले मन्तव्य राखेका थिए ।

नेपाली काँग्रेस निकट निजामति कर्मचारीहरुको यस संस्थाले कर्मचारीहरुको हितका विषयमा पैरवी गर्दै आएको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ५ : ४२ बजे