राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले लिम्बुवान राज्यको माग गरेका छन् ।
माइतीघरमा सोमबार मुक्कुमलुङ संरक्षण संघर्ष समितिको आयोजनामा आयोजित प्रदर्शन कार्यक्रममा उनले मुलुक लिम्बूहरुको पनि साझा रहेकाले सार्बभौमसत्ता साझा हुनु पर्ने माग गरे ।
सभालाई सम्बोधन गर्दै उनले भने, ‘लिम्बुवान स्वात्तता हुनुपर्छ । लिम्बुवान राज्य भएको भए केबुलकार बन्ने निर्णय नै हुने थिएन। आफ्नो राज्य भएन भने उसको लोकतन्त्र पनि हुदैन, मानव अधिकार पनि हुदैन ।’
सरकारले केबलकार निर्माणमा देखिएको विवाद समाधानका लागि भन्दै वार्ता टोली बनाएर नाटकमात्र गरेको अध्यक्ष महतोको आरोप थियो । डर र धम्कीका बीच वार्ता नहुने चर्चा गर्दै उनले छुट्टाछुट्टै भन्दा एकजुट भएर आन्दोलन गरे माग सम्बोधन हुने विश्वास व्यक्त गरे । उनले भने, केवल लिम्बू समुदायको सहभागिताले मात्र अहिले पनि सफलता सम्भव छैन । सम्पूर्ण उत्पीडितहरुको एकता आवश्यक छ।
अध्यक्ष महतोले मुक्कुमलुङमा केबलकार निर्माणको सम्झौता रद्द नभएसम्म आन्दोलन जारी रहने उल्लेख गर्दै आन्दोलनलाई मधेशको समेत समर्थन रहेको उल्लेख गरे ।
नागरिक दैनिकवाट
प्रकाशित मिति : २१ माघ २०८१, सोमबार ७ : ५० बजे
प्रतिक्रिया