पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

८ माघ, पाँचथर । संयुक्त पहिचानबादी महिला मोर्चा जिल्ला तदर्थ समिति पाँचथर मंगलबार गठन भएको छ ।

जिल्ला सदरमुका फिदिम वजार स्थित पहिचानबादी मोर्चाको कार्यालयमा भएको पहिचानबादी महिलाहरुको भेलाले तदर्थ समिति गठन गरेको हो । समितिको मूख्य संयोजकमा भावना इङवा, सहसंयोजक नरमाया धमला र सदस्य सचिव नबिना थुलुङ्ग राई रहेका छन् ।

तदर्थ समिति ४८ सदस्यीय गठन गरिएको संयोजक इङवाले बताईन् । जिल्लाका आठ ओटै स्थानीय तहहरुलाई समेटेर समिति निर्माण गरिएको संयोजक इङवाले जानकारी दिईन् ।

गत पौष दोस्रो हप्ता पूर्वका चार पहिचानवादी संगठनबीच एउटै दल निर्माण गर्ने गरी मोर्चाबन्दी भएको थियो । उनीहरुले संयुक्त पहिचानवादी मोर्चा नामाकरण गरी धरानमा पौष १२ गते पत्रकार सम्मेलन गरेका थिए ।

यसरी संयुक्त पहिचानबादी मोर्चा गठन गर्नेमा प्रा.डा. महेन्द्र लावती संयोजक रहेको पहिचानवादी मोर्चा, केपी पालुङ्वा अध्यक्ष रहेको नेपाल जनमुक्ति पार्टी, डकेन्द्र सिंह थेगिम संयोजक रहेको प्रदेश नं. १ पुनःनामाङ्कन संघर्ष समिति र ज्ञानबहादुर गुरुङ सङ्घीय अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

उद्देश्य मिल्ने संगठनहरुबीच एकीकरण गरी पहिचानको मुद्दालाई सशक्त बनाउन संयुक्त पहिचानबादी मोर्चा गठन गरिएको प्रा.डा. लावती संयोजक रहेको पहिचानबादी मोर्चाका जिल्ला अध्यक्ष दिलेन्द्र सुब्बाले बताए । संगठनहरुबीच भएको सहमति अनुसार अब चाँडै नै संयुक्त पहिचानबादी मोर्चाको जिल्ला समिति समेत गठन गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ८ : २८ बजे