८ माघ, पाँचथर । प्रतिबन्धित लागू औषध ओसार पोसार गरेको आरोपमा पाँचथरका दुई सहित चार जनालाई प्रहरीले सोमबार झापामा गिरफ्तार गरेको छ ।
झापा गाउँपालिका १ स्थित लसुनेमा भारतवाट नेपाल आउँदै गरेका फिदिम नपा ४ का १९ वर्षीया रदिमा बर्देवा र सोही उमेर समूहकी इन्दिरा लिम्बूलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयल झापाले जारी गरेको विज्ञप्ती अनुसार उनीहरुको साथवाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर प्लाष्टिक सहित ३ ग्राम ९५ मिलिग्राम र प्लाष्टिक विना १ सय ६० मिलिग्राम बरामत गरिएको छ ।
यसै गरी, अर्जुनधारा नपा ५ बस्ने ३० वर्षीय प्रविण गिरि र कन्काई नपा ८ का २५ वर्षीय सुमन राजबंशीलाई झापा गाउँपालिका ५ स्थित पन्थपाडावाट प्रहरीले गिरफ्तार गरेको छ । चेकजाँचका क्रममा प्र. १–१–०१६ प. ९००९ नम्बरको मोटरसाईकलमा सवार आरोपितहरुलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको साथवाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर प्लाष्टिक सहित २० ग्राम १५ मिलिग्राम र प्लाष्टिक विना १० सय १५ मिलिग्राम बरामत गरिएको सो कार्यालयका प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आरोपित चारै जनालाई हिरासतमा लिई अनुसन्धान थालिएको र उनीहरुलाई लागू औषध (नियन्त्रण) ऐन बमोजिम मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार ७ : ३९ बजे
प्रतिक्रिया