मंगल बेघा
७ माघ, पाँचथर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश समितिमा पाँचथरका विजयबोध लावती निर्वाचित भएका छन् ।
जिल्ला सदरमुकाम फिदिम वजारमा सोमबार सम्पन्न फोनिजको तेस्रो प्रदेश महाधिवेशनले लावतीको अध्यक्षतामा दुई विषयगत सहित प्रदेश कार्य समिति निर्वाचित गरेको हो । तीन दिनसम्म चलेको महाधिवेशनवाट निर्वाचित प्रदेश कार्य समितिको खुल्ला तर्फको उपाध्यक्षमा खनेन्द्रकुमार राई (अर्जुन), महिला उपाध्यक्ष सुप्रिया राई, महासचिवमा लिलाबहादुर सुनुवार, संगठन सचिव रामचन्द्र बम्जन, संस्थागत सचिव दिलबहादुर राई र कोषाध्यक्ष सन्दिप याम्फु राई रहेका छन् ।
निर्वाचित सदस्यहरुमा खुला तर्फ अरुणकुमार राई, अजयसन्तोषी राई, कृष्ण फुरुम्बो लिम्बू , मौसम सम्वाहाम्फे रहेका छन् भने महिला सदस्यहरुमा रमिला दनुवार, मेनुका बमजन, निशा राई, रहेका छन् । यसै गरी संस्थागत सदस्यतर्फ अमित तामाङ, जयराम पूर्वाछाने, श्रवण चौधरी, निश्चल राजभण्डारी निर्वाचित भएका छन् भने अल्पसंख्यक सदस्यमा नेत्रकुमार सुनुवार चयन भएका छन् ।
महाधिवेशनले लेखा अनुशासन गरी दुई विषयगत समिति समेत चयन गरेको छ । लेखा समितिको संयोजकमा प्रेम देवान रहेका छन् भने सदस्यमा अनिलदेव राई रहेका छन् । यसै गरी अनुशासन समितिको संयोजकमा ब्रह्मलाल हजारी र सदस्य अशोक गुरुङ रहेका छन् । दुवै विषयगत समितिमा एक एक जना सदस्य मनोनित गरिने नवनिर्वाचित अध्यक्ष लावतीले जानकारी दिए ।
अग्रज पत्रकारहरुलाई फोनिजको सम्मान
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) प्रदेश समितिले अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ ।
जिल्ला समन्वय समिति पाँचथरको सभाकक्षमा आयोजित तेस्रो प्रदेश महाधिवेशनको उद्घाटन सत्रमा फोनिजले पाँच जना अग्रजलाई सम्मान गरेको छ । सम्मानित हुनेमा फोनिजका संस्थापक सदस्य दिलेन्द्र कुरुम्बाङ, पूर्व संघीय उपाध्यक्षद्वय भैरव आङला र दिपीन राई, प्रदेश समितिका पूर्व अध्यक्ष तथा हाल संघीय अनुशासन आयोग संयोजक अर्जुन जम्नेली राई र प्रदेश समितिका सल्लाहकार निलिफा सुब्बा छन् ।
फोनिजको स्थापना र संस्थागत विकासमा पुर्याएको योगदानको कदर गर्दै अग्रजहरुलाई सम्मान गरिएको प्रदेश समितिका निवर्तमान सचिव सन्देश सुब्बाले जानकारी दिए ।
प्रकाशित मिति : ७ माघ २०८१, सोमबार ८ : २८ बजे
प्रतिक्रिया