७ माघ, पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) याङवरक गाउँपालिका कमिटिको अध्यक्षमा सूर्यमान बेघा निर्वाचित भएका छन् ।
याङवरक गाउँपालिका- १ स्थित च्याङथापु वजारमा आईतबार सम्पन्न माओवादी केन्द्रको दोस्रो पालिका सम्मेलनवाट बेघाको अध्यक्षता ३७ सदस्यीय पालिका कमिटि निर्वाचित भएको हो । निर्वाचित पालिका कमिटिको उपाध्यक्षमा तेजकुमार राई, रणबहादुर गुरुङ र शान्ति लक्सम, सचिव योगेन्द्र बेघा, सहसचिव राजु राई र कोषाध्यक्ष अशोक राई निर्वाचित भएका हुन् ।
पालिका कमिटिमा ३० जना सदस्यहरु निर्वाचित गरिएको अध्यक्ष बेघाले जानकारी दिए । क्षेत्र, लिङ्ग र समुदाय मिलाएर सदस्यहरु निर्वाचित गरिएको उनले जानकारी दिए ।
सम्मेलनको उद्घाटन सत्रलाई प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा पाँचथर इन्चार्ज सीता थेबे, जिल्ला कमिटिका संयोजक विशाल रसाईली, स्थानीय राजनीतिक दलका नेता सहितका अथितिहरुले संबोधन गरेका थिए ।
प्रकाशित मिति : ७ माघ २०८१, सोमबार ८ : १५ बजे
प्रतिक्रिया