मंगल बेघा
७ पौष, पाँचथर । ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता- २०८१ अन्तर्गत आइतबार हुने खेलमा दुई हेभिवेट टिमहरु झापा ११ फुटबल क्बल झापा र मछिन्द्र फुटबल क्लब काठमाण्डौं भिड्दै छन् ।
फिदिम माविको खेल मैदानमा दिनको २ वजे सुरु हुने प्रतियोगिताको दोस्रो खेलमा मोफसलको शक्तिशाली टिम झापाले ए डिभिजन क्बल मछिन्द्रको सामना गर्ने भएको हो । राष्ट्रिय खेलाडीहरु सहभागी हुने दुवै टिमको लक्ष क्वाटर फाईनलमा स्थान सुरक्षित गर्ने रहेको छ ।
डिफेन्डिङ च्याम्पियन झापा खेलमैदान परिचित छ । झापाका निरोज कार्की, प्रशान्त लक्सम सहित विदेशी खेलाडी फोफडे फोडा लगायत टिममा समावेश हुने क्बलले जनाएको छ । यसै गरी, मछिन्द्रवाट देवेन्द्र तामाङ सहितका राष्ट्रिय खेलाडीहरु समावेश हुनेछन् ।
प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । यसै गरी, उपविजेताले नगद ५ लाख ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिए ।
यसै गरी, व्यक्तिगत विधा तर्फ सर्वोत्कृष्ट खेलाडीले इभी स्कुटर प्राप्त गर्नेछ भने सर्वाधिक गोलकर्ताले नगद १५ हजार पुरस्कार हात पार्नेेछन् । यसै गरी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले जनही १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । उदयमान खेलाडीलाई पनि १० हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष थापा मगरले जानकारी दिए । प्रतियोगिताको हरेक खेलका म्यान अफ दि म्याच हुने खेलाडीलाई समेत जनही १० हजार नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।
प्रकाशित मिति : ७ पुस २०८१, आइतबार १२ : ०८ बजे
प्रतिक्रिया