मंगल बेघा
२५ मंसिर, पाँचथर । पाँचथर क्लबको अध्यक्षमा कमल तुम्रोक निर्वाचित भएका छन् । क्लबको चौथो अधिवेशनले तुम्रोकको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षहरुमा योगराज सेढाई, ठाकुर नेम्बाङ, शिव अधिकारी र योगेश थापा चयन भएका छन् । यसै गरी, सचिवमा प्रदिप भण्डारी, सहसचिवद्धय पुरन मगर र सुवास बाँस्कोटा, कोषाध्यक्ष बाशुदेव ढुंगेल र सहकोषाध्यक्षमा हरी पौडेल निर्वाचित भएका हुन् ।
समितिको सदस्यहरुमा साजन नेम्बाङ, भीमबहादुर कार्की, खगेन्द्र राई, इन्द्रबहादुर तामाङ, कुमार तामाङ, अमरबादुर राई, उमेश वान्तवा राई र सुवास आङबो रहेका छन् ।
गत शनिवार फिदिममा आयोजित अधिवेशनको बन्द सत्रको निर्वाचन कार्यतालिका अनुसार भएको उम्मेदवार मनोनयन तथा समिति चयन सर्वसम्मत रुपमा सम्पन्न भएको क्लबले जनाएको छ । यस क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार ७ : २८ बजे
प्रतिक्रिया