पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

विपुल अधिकारी

पाँचथर । पाँचथरको सुदूर दक्षिण भेगमा पर्ने स्थानीय तह हो तुम्बेवा गाउँपालिका । यो पालिकाका धेरै स्थान सुख्खा ग्रस्त छन् ।

यो क्षेत्रमा पानीको हाहाकारनै हुने गर्छ । पानिको जोहो गर्न यहाँका मानिसहरु पानि जम्मा गरेर राख्छन् । तीन तहकै सरकारले यहाँ विभिन्न योजनाहरु ल्याउने गरेको छ । पानिको जोहो गर्न विभिन्न वडामा पानि पोखरी (आहाल) निर्माणका लागि बजेट नै छुट्याउने गरेका छन् ।

यहाँका प्राय जसो मानिसहरुले पानि जम्मा गरेर उपभोग गर्ने गर्छन । शुद्ध खानेपानी, गाई बस्तुका तथा बालिनालिका लागि पानि लिन घण्टौं हिडेर बोकेर ल्याउनु पर्ने बाध्यता यहाँका स्थानीयहरुमा छ ।

वडा नम्बर २ स्थित मिक्तोक चोकमा निर्माण भएको आहाल अहिले यहाँ फुटवल खेल्ने ग्राउण्ड बनाइएको छ ।

तत्कालका लागि गाई बस्तु तथा लागि तुम्वेवा गाउँपालिकाले २०८१/०८२ मा विभिन्न वडामा बजेट छुट्याएर विभिन्न वडामा आहाल निर्माण गरेको छ । आहाल निर्माण भए पनि पानि भने जम्मा नभएको स्थानीयहरुले गुनासो गरेका छन् ।

पानिको स्रोतनै नभेटिएकाले आहालमा पानि भने जम्मा गर्न नसकिएको जनप्रतिनिधिले भन्ने गरेका छन् । यस पटकको बाढी पहिरोले त झनै कष्टकर बनाएको वडा अध्यक्षहरु बताउछन् ।

तुम्वेवा गाउँपालिकाको वडा नम्बर ३ स्थित विजुली भञ्ज्याङ आहाल निर्माण्का लागि करिव ४ लाख रुपैँयामा विनियोजन भएको थियो । तर, अहिले यो आहालमा पानि जम्मा हुन सकेको छैन । आहालमा अहिले झार उम्रिएको छ

आहाल निर्माण भएपछि पानि जम्मा होला र उपभोग गर्न पाइएला भन्ने आशा गरेका स्थानीयहरु यतिबेला काकाकुलनै भएका छन् । ठुलो आशा बोकेका स्थानीयहरु निराश बन्नु परेको गुनासो गर्छन् ।

वडा नम्बर ३ का वडा अध्यक्ष नरध्वज लावतीले यस विषयमा आफुहरु गम्भिर भएको बताउनुभएको छ । उहाँले भन्नुभयो– “हामीले तमोर लिफ्टीङको ठुलो आशाले आहाल तयार पार्यौं तर यस पटकको बाढीले तमोर लिफ्टीङनै बगाएर भताभुङ्ग पारिदियो । हामी पानिको स्रोत खोजि गरिरहेका छौं ।”

तुम्वेवा गाउँपालिकाको वडा नम्बर ३ स्थित विजुली भञ्ज्याङ आहाल, आहाल तयार भएपनि प्रयोगमा आएको छैन । झार उम्रिएर बेहाल अवस्थामा छ ।

त्यस्तै पालिकाको वडा नम्बर २ स्थित मिक्तोक चोकमा पनि आहाल निर्माण भएर पानि जम्मा हुन नसेपछि स्थानीयहरुले गुनासो गरेका छन् । यहाँ पनि करिव साढे चार लाख रुपैंयाँमा पानि आहाल निर्माण भएको थियो । यहाँ निर्माण भएको आहाललाई अहिले फुटवल ग्राउण्ड बनाइएको छ । आहालमा पानि जम्मा गर्नुको साटो फुटवल ग्राउण्ड बनाएको भन्दै स्थानियहरुको व्यापक गुनासो छ । तर, पानिको स्रोतको अभावले नै यहाँ पानि जम्मा हुन नसेको वडा अध्यक्ष धन लावती स्वयम गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ– “आहाल निर्माण भइसकेको छ । हामी पानिको स्रोतको खोजिमा छौं । बर्खे पानि जम्मा गर्ने, आन्तरिक स्रोतहरुबाट पानि जम्मा गर्ने तयारी थियो तर, यस पटकको बाढी पहिरोले सबै तहसनहस भएको छ । हामीले पानिको स्रोत पहिचानका लागि काम तिब्र रुपमा काम अघि बढाएका छौं । मन्त्रालय लगायत सम्बन्धित ठाउँमा आवश्यक खर्चका लागि पनि अनुरोध गरेका छौं ।” उहाँले वडाको तीन स्थानमा आहाल तयार पारेको र एउटा आहालमा अलिअलि जम्मा गर्न सकिएको बताउनुभएको छ ।
यहाँका सरोकारवाहालाहरु भने सरकारबाट अनुदान लिएको रकम जथाभावि प्रयोग भएको गुनासो गर्छन् । यहाँ पहिले नै पानिको स्रोत पत्ता नलगाई आहाल निर्माण भएको उहाँहरुको गुनासो छ । वडाहरुले बजेट आउना साथ पानिको स्रोत पहिचानको सट्टा आहाल निर्माण गरिहाल्ने परिपाटीले सरकारी अनुदानको दुरुपयोग भएकोे स्थानीयहरुको गुनासो छ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ७ : ११ बजे